निर्वाचन लक्षित IT र Social Media प्राविधिक ज्ञान

1. डिजिटल साक्षरता (Digital Literacy)
स्मार्टफोन र इन्टरनेटको सुरक्षित प्रयोग
Google, Email, Cloud Storage को प्रयोग
Password management र Two-factor authentication
Fake news र misinformation चिन्ने तरिका2. Social Media प्लेटफर्महरूको प्रयोग
Facebook Page & Profile management
TikTok, YouTube, Instagram प्रयोग गर्ने तरिका
WhatsApp / Messenger / Viber समूह व्यवस्थापन
Post schedule गर्ने तरिका

3. Content Creation (सामग्री निर्माण)
पोस्ट लेख्ने शैली (राजनीतिक तर शालीन भाषा)
फोटो र भिडियो खिच्ने आधारभूत सीप
Canva / Mobile App प्रयोग गरेर पोस्ट डिजाइन
Short video (Reels, TikTok) बनाउने तरिका
भाषिक अनुशासन (मर्यादित र तथ्यमा आधारित)

4. Digital Campaign Strategy
अभियानका मुख्य सन्देश के हुने?
लक्षित समुदाय अनुसार सन्देश फरक पार्ने तरिका
Online र ground campaign को समन्वय
Hashtag र campaign theme प्रयोग

5. Fact-checking र गलत सूचना नियन्त्रण
अफवाह कसरी फैलिन्छ?
तथ्य जाँच्ने तरिका
गलत सूचना आएमा कसरी प्रतिक्रिया दिने
प्रमाणसहित जवाफ दिने अभ्यास

6. साइबर सुरक्षा (Cyber Security)
Account hack हुनबाट जोगिने उपाय
Phishing र scam चिन्ने तरिका
Data सुरक्षित राख्ने तरिका
Personal info सेयर गर्दा ध्यान दिनुपर्ने कुरा

7. डिजिटल शिष्टाचार र कानुनी पक्ष
सामाजिक सञ्जालमा कानुनी सीमाहरू
निर्वाचन आचारसंहिता र IT
Hate speech र चरित्र हत्या नगर्ने अभ्यास
जिम्मेवार नागरिकको रूपमा डिजिटल आचरण8. Online Volunteer Mobilization
Online supporter network बनाउने
Digital team गठन र जिम्मेवारी बाँडफाँड
Booth स्तरसम्म डिजिटल रिपोर्टिङ
Live update दिने तरिका

9. Data Collection र Feedback System
Google Form प्रयोग गरेर मतदाता समस्या संकलन
Feedback को विश्लेषण
Digital report बनाउने तरिका

10. संकट व्यवस्थापन (Crisis Management Online)
विवादास्पद पोस्ट आएमा के गर्ने?
नेतामाथि आरोप आएमा डिजिटल प्रतिक्रिया
एकीकृत (coordinated) जवाफ दिने प्रणाली

11. AI र नयाँ प्रविधिको परिचय (सामान्य स्तरमा)
AI के हो? कसरी प्रयोग गर्न सकिन्छ?
भाषण, पोस्ट ड्राफ्ट बनाउने अभ्यास
अनुवाद र डिजाइनमा AI को प्रयोग
नैतिक र जिम्मेवार प्रयोगमा जोड

12. स्थानीय तह केन्द्रित डिजिटल अभियान
वडा/पालिका अनुसार Facebook group चलाउने
स्थानीय मुद्दा उठाउने डिजिटल तरिका
जनताको समस्या भिडियोमार्फत उठाउने अभ्यास

जेनजी नामको विध्वंस र मेरो भ्रम

बिद्यालयमा अन्य बिषय संगै इतिहास, नैतिक शिक्षा र संस्कृत बिषयहरू थिए हाम्रो पालासम्म, अहिले छैनन् क्यार। ‘इतिहास’ शब्द आफैमा घटना परिघटनाको सत्यतथ्य समेटेर भविष्यका पुस्ताको जानकारीको लागि उतारेको लेखाइ भन्ने बुझाई थियो। तर यो तथ्य संकलन र लेखाइ मार्फत उतार्ने व्यक्ति इतिहासकार वा लेखक जे भनौ, के कति सत्य तथ्यको नजिक पुग्या छ, उसले घटना परिघटनाका अनेकन प्रमाण, कारण रहस्यमय पक्षको गहिराइ खोतलेको छ छैन, त्यसमा कहिले कहिले कथा र निबन्ध समेत मिसाएको हुन सक्ने बिर्सेर इतिहास बुझेको भ्रममा पो परेको रहेछु।

धेरै लामो नगई पछिल्ला ३/४ पुस्तादेखि आजको दिनसम्मका मुख्य मुख्य घटना परिघटनालाइ यसो थोरै मात्र नियाल्यो भनेपनि यो मुलुकको परिचय जहिले पनि विभाजित, खण्डित र आपसमा मिल्न नसक्ने बेमेलको प्रवृतिको रहेको तथ्य, आफ्नै आँखा अगाडी घटाइएका र भोगेका पछिल्ला दिन सम्मका बिधवंसका शृंखलाबाट बुझ्न कोहि लेखक, विश्लेषक वा बिज्ञ खोजिरहन नपर्ने, सजिलै बुझ्न सकिने हुँदा समेत यहाँबाट आशा गर्ने मेरो कत्रो भ्रम ?

हाम्रो बिभेद प्रत्येक व्यक्ति-व्यक्ति, घर-घर, दाजुभाई-दिदिबहिनिबाट सुरुभै, तेह्रदिने दाजुभाइ, माइती-ससुराली, मामा-फुपू , नजिकका आफन्त, टोल-छिमेक, ओल्लोघरे-पल्लोघरे, तल्लोगाउँले-माथ्लोगाउँले, अनि यो जात-त्यो जात, यो धर्म – त्यो धर्म, यो भूगोल – त्यो भूगोल, यो संस्कृति – त्यो संस्कृति, यो पर्व – त्यो पर्व, यो पार्टी – त्यो पार्टी, यो विचार त्यो विचार लगायत बाउ, बाजे, बराजु, खराजुले समेत जोड्न नसकेका टुक्रिएका असहिष्णु मनका झुर्काहरु जोडिएलान भन्ने कत्रो दुस्साहसी भ्रम मेरो !

साना ठुला अनेक साइजका द्वन्द, आपसी संघर्ष हिजो देखिनै प्रत्येक क्षण चलिरहेका थिए, त्यो महसुश गर्न पनि बिज्ञ भै रहन पर्दैनथ्यो । यी द्वन्दहरुले कहिले पनि सामुहिक हित, समृद्धि र उन्नत देशको लागि आफ्नो भूमिका निर्बाह गरेर परिणाम निकाल्न मद्दत गरेको खास प्रमाण पनि खोई कतै थिएन ।

परिबर्तनको बाहक हामी हौ भनेका पार्टी र शक्तिहरुले जनताको नाममा जति द्वन्द र आन्दोलन गरे, तिनका बाद, सिद्धान्त, जे जे भने पनि अन्तत नयापन थिएन। आफै भित्र मारामार कुनै अनुशासन मान्न नपर्ने, हार लाइ नस्वीकार्ने, बरु पार्टी फोड्ने वा अर्कोतिर कुदी हाल्ने, एकदिन होइन, एकबर्ष होइन, एकदशक मात्र पनि होइन दशकौ सम्म के। अति बाट चार परम्पराकै रुपमा स्थापितै भाको कुरो पनि त कसैलाई सोध्न जान पर्या थिएन ।

बिधि नियम आफु अनुकुल, पद प्रतिष्ठा सुख सुबिधा सहुलियत सबै आफ्नै लागि, आफुले गरेको सबै ठिक, अरुले गरेको सबै बेठिक यो बाख्या पनि त भलिभाती थियो नै। के गर्ने बिधि त्यहि हो , बहुमते प्रणाली, संसारको सबभन्दा उत्तम ब्याबस्था भनिकन, जनताले जो चुन्यो त्यहि शासक हो नि हौ – हैट मेरो विश्वास !

गाउटोल देखि केन्द्र सम्मन कुकृत्य, किर्तेकर्म, जालसाजी, र गम्भीर सामाजिक अपराध गर्नेहरुको हाइहाइ ।तिनका यस्ता कर्म छोप्न, लुकाउन पार्टीको ओत लाग्ने, ओत लाग्न नपाए अर्को पार्टी खोल्ने, मीडिया धर्मको तिलांजलि दिई पत्रकार नामधारी जमात तिनको प्रचारमा लाग्ने । बिचौलिया, चोर, ठग र अपराधीहरुको सासन सत्तामा हालीमुहाली, रजगज दिनहु देखिरा हो । यसमा नया भन्नेहरू झनै जन्मदै तिनपात पलाएको तथ्य इतिहास होइन वर्तमान थियो।

सेना, प्रहरी, कर्मचारी र पार्टीका संरचनामा रहेकाहरुको मुख्य ध्यान नियुक्ति, पदोन्नति, सुख सयल, भोग, मोजमस्ती – भन्ने सिकाई पनि पुरानै भैसक्या थियो । अरूबेला मनख़ुशी गर्न कुनै आदेश नचाहिने, चाहिने बेला पुच्छर लुकाई भाग्नेहरुबाट जनताको, सार्बजनिक सम्पतिको सुरक्षा र सेवा हुन्छ, म भन्दै रहेछु ।

७ वर्ष पत्रकारिता अध्ययनमा बिते, शुरुवाती यो पेशा गर्दा ति संस्थाका मालिक र संचार कर्ममा लागेका चौथो अंगका मिडियाकर्मी, स्वतन्त्र भनिने बुद्धिजिबी र बिषयगत बिज्ञ भनिएकाहरुको भूमिका पनि देखेकै थिए । तिनको दलाली र बार्गेन देखेर दिक्क लागेर आफुले त्यो पेशा चटकै छोडीदिएको थिए। कुरा काट्ने, कुरा लाउने समाजमा घृणा फैलाउने, बिबिधता बीच एकता होइन बरु फाटो ल्याउने, भाजो हाल्ने, भड्काउने तिनको कर्म पनि ०४६ देखिकै हो। बिदेशी दान र भिखले चल्ने नागरिक समाज र कथित अगुवाहरु पनि त बुझेकै हो।

सकारात्मक, आशा जगाउने, बिकाश निर्माण र इनोभेशन, नागरिक दायित्व जस्ता बिषयमा आम नागरिक सचेत बनाउन, समाजभित्र सौहार्दता ल्याउन भन्दा इशारामा समाजमा बितन्डाको बिउ रोप्न, मलजल गर्नतिर धेर रहेको तिनका कन्टेन्टले प्रस्ट पारेकै थिए l

म आफु पनि गोर्खे न हु, मेरो टोल गाउ, समाज र देशभित्र कुनै काम गर्नुपर्छ भन्ने लाग्दैन – त्यो किन गर्ने अल्छि लाग्छ मलाइ। यो मेरो स्वतंत्रताको कुरो हो। मेरो मानब अधिकार हो। रिस उठे पछि अगाड़ि जे भेटिन्छ त्यो ध्वस्त पार्ने हो । कसैले सुइ पार्यो भने दाया बाया हेर्ने होइन आगो झोस्ने हो, जे सुकै बलोस, बाल भएन नि।

घर परिवार बाउले हेर्छन, नभए अंश दिन्छन त्यो पुर्खा देखि चलि आएको हो ।नभए ससुराली तिरबाट दाइजोको विकल्प डल्लै छ l श्रीमतीलाइ यसो आफ्नो थान्कामा राख्न बेला बेलामा मर्मत गर्न परिगो। यो बाउ बाजे देखि चलि आएको थिति नै हो नि म के गरौ ।

गाउमा रहदा हल्का खुखुराको खोरतिरको सामान्य ड्युटी, शहर छिरेसी ठगि दलाली मज्जाको लाग्यो। केहीपछि लाग्यो कि , नेपालमा पनि कोहि बसिरहन्छ ? लागियो सपनाको संसारतिर- ओहो मेशिन संगै काम, अझ कहिलेकाही त्यो भन्दा नि बढी । मेशिन संग गोर्खेले हार्ने कुरा भएन l गाउँमा पिएको खोया बिर्केको माल र रातो भालेको सुप त सबै तर्रर l छिट्टै ज्यान सिद्रा भो, नाई नाई स्लिम भो। तर केहि छैन सुन्दर बंगला जोडेको छु, लोन जाबो ३०/३५ बर्षमा तिरी हालिन्छ, दोश्रो हाते भए पनि ब्रान्डेड महँगो गाडी हाकेकै छु ।

कहिले कहिले जन्मस्थान र बाआमाको झल्को झल्यास्स गर्छ, अनि,

जाबो त्यो झल्कोको कारण सधै लडिरहने, मरिरहने, मारिहहने, चानचुन सयबर्ष पछि परेको ठाउ फर्कनुपर्छ भन्ने भ्रम पो पाल्दै रहेछु l

यद्यपि अहिले कलियुग हो रे, यसको एउटा बडा राम्रो पक्ष कर्मको फल तुरुन्त मिल्छ रे, ६ महिना १ बर्षमानै, बढीमा १०/१२ बर्ष । त्यसैले म जस्ता धुन्दुकारीलाइ कर्म अनुसारको फल छिटो मिलोस, यो भ्रमनै पालेको हो तर यो भ्रम नामेट होस् l

 

डट एनपी डोमेन सेवा संचालनको मार्गचित्र

विश्वका प्रत्येक सार्बभौम मुलुक र टेरिटोरिहरूले आ- आफ्नो कंट्री कोड डोमेन ठेगानाको लागि अंग्रेजी नामबाट दुइ अक्षरको कोड अर्थात् पहिचान प्राप्त गरेका हुन्छन । सामान्यतया ति देशका नाम बाटनै त्यस्तो कोड बनाइएको हुन्छ जस्तै नेपालको इंटरनेट ठेगानाको लागि डट एनपी (.NP) ।

इंटरनेट र संचार प्रबिधिको उच्चतम बिकाशको आजको संदर्भमा डिजिटल नाम अर्थात् आफ्नै पहिचान – देश, समुदाय र ब्यक्ति सबैको लागि महत्वपूर्ण हुन्छ नै। यो नेपालको लागि डिजिटल पहिचानको मेरुदण्ड साथै डिजिटल प्रतिष्ठा को बिषय पनि हो ।

सेवा प्रवाहको दृष्टिकोणबाट आफ्नै पहिचानको डिजिटल ठेगानामा आधारित डटएनपी राज्यको अत्यावश्यक संवेदनशील सेवा संरचना हो । राज्यले आफ्ना सरकारी कार्यालयहरूका डोमेन नामहरू, इन्टरनेट ठेगाना अनि पहिचान यसैमा बनाएको हुन्छ ।  अधिकांश स्वदेशी व्यवसाय, सङ्घ संस्था, निजी तथा व्यक्तिगत सबै प्रयोजनको वेब साइटहरूको लागि पनि आफ्नै कन्ट्री कोड प्राथमिकतामा परिरहेको हुन्छ । यसको अर्थ सबै किसिमका सूचना अनि सेवा क्षेत्रका वेबसाइट तथा नेटवर्कहरू यसैमा निर्भर हुन्छन् ।

कुनै कारणवश डोमेन नेम सिस्टम/ प्रणालीमा गडबडी उत्पन्न भएमा अस्पताल, विमानस्थल, राजस्व, बैँक, पठन पाठन लगायत हाम्रा सबै अत्यावश्यक सेवाहरू क्षणभरमै प्रभावित हुन सक्छन् । यस्तो अवस्थामा प्राविधिक निर्भरताको संवेदनशीलता राम्रैसँग बोध हुने गर्छ ।

डिजिटल सार्वभौमिकताको (Digital Sovereignty) अर्को कोणबाट हेर्ने हो भने पनि डटएनपी सेवाको महत्त्व झन् बढ्ता महसुस हुन्छ । आजको दिनमा सार्वभौमिकताको विषय केवल भौगोलिक सीमानाहरूमा मात्र सीमित छैन, बरु क्लाउड स्टोरेज, डिजिटल डेटा र प्लेटफर्म लगायतको स्तरमा बढेको बाह्य प्रभाव, निर्भरता, अनि नियन्त्रण र हस्तक्षेपले भौगोलिक उपनिवेशको भन्दा पनि ज्यादा असर पारेको महसुस हुन्छ । डिजिटल उपनिवेशवादबाट हामी अरू प्रति निर्भर हुनुपर्ने खतरा दिनानुदिन बढिरहेको छ ।

डिजिटल उपनिवेशवादबाट बच्नको लागि आफ्ना डिजिटल डेटाहरूलाई स्थानीयकृत गर्दै साइबर सुरक्षा, इन्टरनेट सेवा, क्लाउड स्टोरेज र डिजिटल प्लेटफर्महरूमा आत्मनिर्भरता सुनिश्चित हुने गरी समयानुकूल प्रविधि नीतिको निर्माण, मानवीय सीप-क्षमताको उल्लेख्य अभिवृद्धि अनि पूर्वाधारमा यथोचित लगानी अपरिहार्य छ । यसको पहिलो सर्त हो, अन्तरराष्ट्रिय मापदण्डहरूको समेत अनुसरण गर्दै नेपालको आफ्नो डीएनएस र डटएनपी सेवाको सञ्चालन, नियमन र विकास प्रबन्धमा डोमेन ठेगाना सञ्चालन गर्ने रजिस्ट्री संस्थालाई समय सान्दर्भिक बनाउनु ।

नेपालमा सन १९९४/९५ तिर इन्टरनेट/ईमेल सेवा भित्र्याउने सन्दर्भमा मर्कन्टाइल प्रालिले इन्टरनेट असाइन नम्बर अथोरिटी (IANA) र इन्टरनेट कर्पोरेसन फर असाइन नेम्स एन्ड नम्बर्स (ICANN) जस्ता संस्थाहरूसँगको सहकार्यमा सफलतापूर्वक यो सेवा सुरु गरेको थियो । डोमेन सेवा सञ्चालनमा सुरुवाति प्रक्रियादेखि त्यसपछिको प्राविधिक, आर्थिक लगायत अन्य महत्त्वपूर्ण व्यवस्थापन मर्कन्टाइलले गरेको तीन दशक नाघ्यो ।

यति लामो अन्तरालसम्म यो सेवा कम्पनीले सुरुदेखि आजसम्म पनि निःशुल्क उपलब्ध गराइरहेको छ । एउटा निजी कम्पनीले यति लामो समय यसको व्यवस्थापन र सेवा प्रवाहमा गरेको यो विश्वमै नौलो र अनुकरणीय अभ्यास हो ।

दर्ता प्रक्रियामा झन्झट रहीत तवरले सामान्य अनलाइन फाराम भरी नागरिकता वा कम्पनी दर्ता प्रमाणपत्र, प्यान अर्थात् नेपाल सरकारका सम्बन्धित निकायहरूबाट प्राप्त प्रमाणहरूको आधारलाई अनिवार्य गर्ने स्वामित्व प्रमाणीकरण (Ownership Verification) को विधि अपनाएको छ । ३० वर्ष लामो यो अवधिमा समेत कुनै पनि कानुनी झमेला, विवाद विहीन सेवा सञ्चालनको यात्रा अवश्य नै प्रेरणादायी छ ।

तर बदलिँदो प्रविधि, सेवामा समयानुकूल माग र छनौट, नया सन्दर्भ, कानुनी उपचार र संरचनागत सुनिश्चितता, तथा अन्तर्राष्ट्रिय अभ्यासहरूको आधारमा अब भने नेपालले डटएनपी डोमेनको आर्थिक र प्राविधिक दिगोपन, सञ्चालन पारदर्शिता तथा उत्तरदायित्वहरूको पुनः समीक्षा गर्दै आगामी मार्गचित्र तय गर्नु आवश्यक छ र अब त्यसो नगरे धेरै ढिला हुनेछ ।

अब आएर सेवा सञ्चालन गरिरहेको संस्थाले सञ्चालन खर्च धान्न निकै कठिनाइ भोग्नुपरेको छ । कानुनी व्यवस्था नहुँदा सेवा बापत शुल्क लिन नैतिक सङ्कट सिर्जना भएको छ । बजेटको अभावमा पुराना संरचनाबाट जेनतेन सेवा सञ्चालन गर्नु पर्ने बाध्यताको स्थिति छ ।

बेला-बेलामा ड्राफ्ट हुने गरेको, तर टुङ्गोमा नपुग्ने सरकारी नीतिहरूको अस्पष्टताको कारण कम्पनीले आवश्यकता अनुसारको लगानी गर्ने बाटो समेत बन्द छ  । यति मात्र होइन, अत्यावश्यक सर्भरहरू, हार्डवेयर, सफ्टवेयर, सुरक्षा लगायतका प्राविधिक पक्षमा समेत समय सापेक्ष सुधार र अद्यावधिक गर्न अनि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको छ ।

विभिन्न समयमा कानुन, नीति निर्देशिकाहरू ड्राफ्ट हुने अनि थन्किने गरेबाट झन अन्योल बढेको सञ्चालक कम्पनी मर्कन्टाइलका प्रमुख सञ्जीव राजभण्डारी बताउनुहुन्छ । नागरिक समाज, उपभोक्ताहरू र सम्बन्धित सरोकारवालाहरू विषयको गम्भीरता नबुझेकै कारण हुन सक्छ, सुनिने गरी आवाज उठाउन अक्षम देखिन्छन् । कारण, यसको दिगो सञ्चालन संरचना निर्माण गर्ने गरी कानुनी प्रबन्ध छिटो गर्नमा सरकारी जाँगर सुस्त प्रायः छ ।

हालको व्यवस्थापनको मूल्याङ्कन

मापदण्ड

हालको स्थिति

टिप्पणी

गभर्नेन्स

मर्कन्टाइल एकल सञ्चालक

सामुदायिक वा सरकारी सहभागिता छैन

दर्ता प्रक्रिया

निःशुल्क, कागजातमा आधारित

सहज छ, तर स्वचालित प्रणालीको अभाव छ

कानुनी आधार

अस्पष्ट

नीति भए पनि सरकारी समझदारीपत्र छैन

प्राविधिक सुरक्षा

वैकल्पिक (अतिरिक्त) रिडन्डेन्ट सर्भर भनिए तापनि विवरण अस्पष्ट

डोमेन नेम सिस्टम सुरक्षा विस्तार (DNSSEC) र एनिकास्ट (Anycast) प्रविधि / एउटै ठेगानाबाट मल्टी-सर्भर प्रणाली लागु छैन

विवाद समाधान

स्पष्ट प्रणाली छैन

वाइपो (WIPO) वा वैकल्पिक उपाय आवश्यक

पारदर्शिता

सञ्चालन विधि प्रकाशित

तर हुइज (Whois) पारदर्शिता पूर्ण छैन

अबको मार्गचित्र 

नेपालमा  डटएनपी डोमेन ठेगानाको दीर्घकालीन सेवा सञ्चालन र स्थायित्व कायम राख्न संस्थागत संरचना र सञ्चालन प्रणाली सुदृढ पार्नु आवश्यक छ । यसका लागि विभिन्न विकल्प मध्ये अल्पकालीन र दीर्घकालीन गरि निम्न दुई विकल्पहरू उचित हुन सक्दछन् l

पहिलो विकल्प
कानुन बनेर स्पष्ट मार्गनिर्देशन नहुञ्जेल वर्तमान रजिस्ट्री मर्कन्टाइल प्रालिलाई अल्पकालीन रूपमा सेवा सञ्चालन गर्ने जिम्मेवारीमा निरन्तरता दिने

संरचना

  • आधिकारिक निर्णय गरी सरकार र कम्पनीबिच सेवा सञ्चालन समझदारीपत्र बनाई दुवै पक्षको भूमिका, जिम्मेवारी र अनुगमन संयन्त्रहरू स्पष्ट गरी हस्ताक्षर गर्ने ।

  • बहुपक्षीय सल्लाहकार बोर्ड गठन गर्ने । जसले नीति निर्माणमा सुझाव दिने र सञ्चालनको समीक्षा गर्ने ।

  • हालकै उपलब्ध संरचनामा मर्कन्टाइलले डोमेन प्रोसेसिङ, हुइज (WHOIS) सेवा, डीएनएस (DNS) होस्टिङ र प्राविधिक कार्यहरू (Technical Operations) को नियन्त्रण यथावत् राख्ने र सेवा प्रदान गरिरहने ।

  • समयावधि: यसलाई २ वर्षसम्मको सङ्क्रमणकालीन मोडल बनाउन ठिक होला, त्यसपछि नयाँ संस्थामा जिम्मेवारी हस्तान्तरण गर्ने ।

  • उक्त अवधिसम्म सेवा सञ्चालनका लागि अत्यावश्यक आर्थिक स्रोत नेपाल सरकारबाट सुनिश्चित गराउने ।

फाइदा 

  • कम लागत, तुरुन्तै कार्यान्वयन योग्य ।

  • प्राविधिक क्षमता र अनुभवी टिम सहजै उपलब्ध।

  • डाउन टाइम वा प्राविधिक अवरोध बिना सेवालाई निरन्तरता दिन सकिने ।

दोस्रो विकल्प: स्वतन्त्र रजिस्ट्री संस्था गठन गर्ने

संरचना

  • नेपाल डोमेन नेम रजिस्ट्री (NDNR) जस्तो स्वतन्त्र, गैर-नाफामूलक संस्था गठन गर्ने ।

  • बोर्डमा सरकार, मर्कन्टाइल, डोमेन, वेबसाइट, होस्टिङ लगायत विषयगत क्षेत्रका प्रतिनिधि, विषय विज्ञ, नागरिक समाज, विश्वविद्यालय, कानुनी विशेषज्ञ आदिबाट प्रतिनिधित्व सुनिश्चित गर्ने ।

  • रजिस्ट्री -रजिस्ट्रार विधि अपनाउने ।

  • विवाद समाधान,  डेटा संरक्षण ऐन,  डिजिटल सार्वभौमिकता आधारित नीतिहरू लागु गर्ने ।

फाइदा

  • दीर्घकालीन पारदर्शिता र सार्वजनिक स्वामित्व सुनिश्चित हुने।

  • बहुपक्षीय नीति निर्माण र प्रतिस्पर्धी रजिस्ट्रार प्रणाली लागु गर्न सकिने ।

  • डोमेन डेटाको राष्ट्रिय स्वामित्व र कानुनी आधार तयार हुने ।

निष्कर्षः

डटएनपी डोमेन नेपालको डिजिटल प्रतिष्ठा हो र यसलाई समृद्ध बनाउने कार्य सामूहिक जिम्मेवारी हो । वर्तमान व्यवस्थापनले सुरुवात राम्रो गरे पनि समयानुकूल सुधार आवश्यक छ । पारदर्शिता, सुशासन, कानुनी स्पष्टता, प्राविधिक मजबुती र सर्वसाधारणको सहभागिताबाट मात्र हामीले डटएनपीलाई प्रतिस्पर्धी बनाउँदै डिजिटल नेपालको आधार बनाउन सक्नेछौँ ।

(लेखक अधिकारी  पूर्व रजिस्ट्री म्यानेजर हुन् ।) 

 

विश्व वेब ट्राफिकको ६४ प्रतिशत हिस्सा मोबाइलबाटै

काठमाडौँ । मोबाइलमार्फत इन्टरनेट चलाउने प्रयोगकर्ताको संख्या विश्वभर तीव्र रूपमा बढेको छ । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार विश्वव्यापी वेब ट्राफिकको ६४.१ प्रतिशत हिस्सा स्मार्टफोनबाट हुने गरेको छ । यो दर अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

सन् २०२३ को दोस्रो त्रैमासदेखि स्मार्टफोनमार्फत वेब ब्राउजिङ गर्ने प्रवृत्ति लगातार बढ्दो छ । सन् २०२५ को दोस्रो त्रैमाससम्म आइपुग्दा मोबाइल वेब ट्राफिक लगातार आठ त्रैमाससम्म बढेको देखिएको हो । जुन २०१६ पछिकै लामो समयसम्मको वृद्धि हो ।

मोबाइल नेटवर्कको उच्च गति, सस्तो स्मार्टफोनको उपलब्धता र डिजिटल सेवा पहुँचमा आएको सहजताका कारण यो परिवर्तन आएको विश्लेषण गरिएको छ । समाचार, किनमेल, मनोरञ्जनदेखि अध्ययनसम्मको काम मोबाइलबाटै हुने प्रवृत्तिले वेब ट्राफिकको केन्द्रबिन्दु स्मार्टफोन बन्न पुगेको हो ।

क्षेत्रगत रूपमा एसिया अग्रपंक्तिमा रहेको देखिएको छ । एसियामा कुल वेब ट्राफिकको ७१.३ प्रतिशत हिस्सा मोबाइल डिभाइसबाट हुने गरेको छ । अमेरिका र युरोपमा भने यो दर करिब ५० प्रतिशतको हाराहारीमा रहेको छ ।

मोबाइल वेब ट्राफिकमा एन्ड्रोइडको दबदबा अझै कायम छ । पछिल्लो तथ्यांकअनुसार मोबाइल वेब ट्राफिकको ७२.७ प्रतिशत हिस्सा एन्ड्रोइडबाट र २६.९ प्रतिशत आईओएसबाट हुने गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ १५:१८

source: https://techpana.com/2025/151280/mobile-accounts-for-64-percent-of-global-web-traffic

के वेब नै ध्वस्त पार्दैछ गुगल ?

काठमाडौँ । गुगलले आफ्नो सर्च इन्जिनमा ल्याएको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलले इन्टरनेटलाई पुनर्जीवन दिने दाबी गरेको छ । तर, धेरैले यसलाई वेबसाइटका लागि ‘महाप्रलय’को संज्ञा दिएका छन् । एउटा कुरा भने प्रस्ट छ । त्यो के भने अनलाइन इतिहासको वर्तमान अध्याय तीव्र गतिमा आफ्नो अन्त्यतिर बढिरहेको छ । अब हामी ‘मसिन वेब’को युगमा प्रवेश गर्दैछौँ । यस्तो युग जहाँ मेसिन (रोबोट/एआई) ले नै वेबसाइट भिजिट गर्छ ।

वास्तवमा अहिलेसम्म इन्टरनेट एउटा सामान्य सम्झौतामा टिकेको छ । त्यसमा वेबसाइटले गुगलजस्ता सर्च इन्जिनलाई आफ्नो सामग्री निःशुल्क प्रयोग गर्न दिन्छन् । र, बदलामा गुगलले मानिसलाई ती वेबसाइटमा पठाउँछ । यही माध्यमबाट अधिकांश वेबसाइटले विज्ञापन र सामान बेचेर आम्दानी गर्छन् ।

इन्टरनेटको लगभग ६८ प्रतिशत गतिविधि सर्च इन्जिनबाट सुरु हुन्छ र यसको करिब ९० प्रतिशत सर्च गुगलमा हुन्छ । यदि इन्टरनेट एउटा बगैँचा हो भने गुगल त्यो सूर्य हो, जसले फूललाई फुल्न मद्दत गर्छ ।

यो व्यवस्था दशकौंसम्म चल्यो । तर गुगलले ल्याएको एउटा सानो परिवर्तनले यो समग्र प्रणाली नै तहसनहस हुने चिन्ता थपिएको छ । जसरी हामी परम्परागत तरिकाले गुगल प्रयोग गर्थ्यौं, त्यो शैली नै परिवर्तन हुँदै छ । अर्थात् गुगल सर्चमा एउटा नयाँ एआई टुल देखिन थालेको छ । यो तपाईंका लागि उपयोगी हुन सक्छ । तर आलोचकको भविष्यवाणी सत्य साबित भएमा यसले इन्टरनेटमा भूकम्प नै ल्याउनेछ । उनीहरूका अनुसार यसले गुणस्तरीय जानकारी अनलाइनमा पाउन मुस्किल बनाउनेछ भने ठुलो सङ्ख्यामा मानिसले आफ्नो रोजगारी गुमाउन सक्छन् ।

यसलाई सकारात्मक परिवर्तन ठान्नेहरूले भने यसले वेबको व्यापारिक मोडेलमा सुधार ल्याउने र उत्कृष्ट सामग्री खोज्ने अवसर विस्तार गर्ने बताएका छन् । तर, राम्रो होस् वा नराम्रो तपाईंको डिजिटल अनुभव अब पहिले जस्तो कहिल्यै रहने छैन ।

२० मे २०२५ मा गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले कम्पनीको वार्षिक डेभलपर सम्मेलनमा मञ्चमा पाइला राखे । तपाईंको जानकारीका लागि यहाँ उल्लेख गरिहालौं, त्यसअघि गुगलले व्यापक रूपमा ‘एआई ओभरभ्यु’ फिचर परीक्षण गरिरहेको थियो । यस्तो फिचर- जसले तपाईंले गुगलको सर्च बारमा खोजेका विषयको जानकारी सङ्क्षिप्तमा सर्च रिजल्टको सबैभन्दा माथि देखाइदिन्छ । सार्वजनिक भएको एक वर्ष भए पनि विश्वव्यापी रूपमा यो फिचर त्यसको केही महिनापछि मात्र उपलब्ध भएको थियो । यसैलाई चर्चा गर्दै पिचाईले गुगल अझ अगाडि बढ्दै गरेको जानकारी दिए । “जो पूर्ण एआई सर्च अनुभव चाहन्छन्, उनीहरूका लागि हामी पूर्णतया नयाँ एआई मोड प्रस्तुत गर्दैछौं,” उनले भने, “यो सर्चको पूर्ण पुनर्कल्पना हो ।”

वर्षौंदेखिको एआईको प्रचारबाजीपछि तपाईंलाई पिचाइको भनाइमा शङ्का लाग्न सक्छ । तर, यो वास्तविक हो ।

गुगलका अनुसार इन्टरनेटको पहुँचमा हुने विश्वभरका मानिसले वर्षमा ५० खर्ब पटक गुगल सर्च प्रयोग गर्छन् । यसबाटै इन्टरनेटको समग्र आकार परिभाषित गर्न सकिन्छ । पक्कै पनि ‘एआई मोड’ गुगलको एक पृथक परिवर्तन हो । एआई ओभरभ्युभन्दा ठ्याक्कै विपरीत एआई मोडले परम्परागत सर्च रिजल्टलाई पूर्ण रूपमा विस्थापित गर्छ । यसको सट्टा एक च्याटबटले तपाईंको प्रश्नको जवाफ दिन प्रभावकारी रूपमा लेख नै तयार पार्छ ।

तपाईंले यो पढ्दै गर्दा एआई मोड अमेरिकाका प्रयोगकर्तामाझ उपलब्ध भइरहेको छ । यो अहिले सर्च इन्जिन र कम्पनीको एपमा बटनको रूपमा देखा परेको छ । अहिलेको लागि यो डिफल्ट छैन । अथवा तपाईंले चाहेको बेला मात्र यो प्रयोग गर्न पाउने सुविधा छ । तर गुगलकी सर्च प्रमुख लिज रिडले यो टुल लन्च गर्ने समयमै ‘यो नै गुगल सर्चको भविष्य हो’ भनेकी थिइन् ।

आलोचकले देखेको मुख्य समस्या नै यही हो । एआई ओभरभ्युले यसअघि नै वेबसाइटमा धेरै कम ट्राफिक पठाइरहेको छ । धेरैलाई अब एआई मोडले त्यो प्रवृत्तिलाई अझ तीव्र बनाउन सक्छ भन्ने डर छ । यदि यस्तो भयो भने यसले लगभग ३० वर्षदेखि तपाईंले रमाइलो गर्दै आएको डिजिटल सामग्रीको बिजनेस मोडेललाई ध्वस्त पार्न सक्छ ।

“यदि गुगलले एआई मोडलाई यसको वर्तमान रूपमा डिफल्ट बनायो भने यसले इन्टरनेटमा विनाशकारी प्रभाव पार्नेछ,” एम्साइभ नामक मार्केटिङ एजेन्सीकी एसईओ रणनीति एवम् अनुसन्धानकी उपाध्यक्ष लिली रे भन्छिन्, “यसले अधिकांश प्रकाशकको मुख्य आम्दानीको स्रोत कटौती गर्नेछ र अर्गानिक सर्च ट्राफिकमा निर्भर कन्टेन्ट क्रियटरलाई निरुत्साहित गर्नेछ । लाखौं वेबसाइट, सायद त्योभन्दा पनि बढी यस्ता कन्टेन्ट क्रियटर छन् जो गुगलबाट आउने अर्गानिक ट्राफिकमा निर्भर छन् ।”

गुगल भने पब्लिशर अर्थात् प्रकाशक (वेबसाइट सञ्चालक) र अन्य विज्ञले यो विषयलाई लिएर अनावश्यक चिन्ता लिएको बताएको छ । एआई मोडले वेबलाई निरुत्साहित गर्नेभन्दा पनि अझ स्वस्थ र उपयोगी बनाउने गुगलको दाबी छ ।

“हरेक दिन हामी अर्बौं क्लिक वेबसाइटमा पठाउँछौं र मानिसलाई वेबसँग जोड्नु हाम्रो प्राथमिकतामा रहिरहन्छ,” गुगलका एक प्रवक्ताले बीबीसीलाई भने, “एआई ओभरभ्यू र एआई मोड जस्ता नयाँ अनुभवले सर्चलाई बढाउँछ र मानिसले सोध्न सक्ने प्रश्नको प्रकार विस्तार गर्छ । यसले सामग्री पत्ता लगाउन नयाँ अवसर सिर्जना गर्छ ।”

तर गुगल र यसका आलोचक एउटा कुरामा सहमत छन् । त्यो हो- इन्टरनेट अब धेरै फरक देखिन लागेको छ । अर्को एक वर्ष जति समयले इन्टरनेटको एउटा युगको अन्त्य गर्ने सम्भावना छ । अब प्रश्न मात्र यति हो- त्यो परिवर्तनको धुलो बसिसकेपछि हाम्रो संसार कस्तो देखिनेछ ?

यति भनिरहँदा इन्टरनेट कतै गएको छैन भन्ने विषय ख्याल गर्नु महत्त्वपूर्ण हुन्छ । इन्टरनेटको स्वरूप मात्र परिवर्तन हुन लागेको हो भन्ने विचार गर्नु उत्तम हुन्छ । वेबसाइटका लागि सामाजिक सञ्जाल प्लेटफर्मले पहिलेभन्दा राम्रो गरिरहेका छन् । पेवाल (भुक्तानी गरेर हेर्नुपर्ने वेबसाइट) भएका केही लोकप्रिय साइट फस्टाइरहेका छन् । परिवर्तन हुन लागेको कुरा इन्टरनेटमा मानिसले कसरी जानकारी खोज्छन् र पत्ता लगाउँछन् भन्ने मात्र हो । कतिपयले डर मानिरहेको कुरा भनेको ‘ओपन वेब’ को जोखिम हो । यो भनेको स्वतन्त्र रूपमा पहुँच गर्न सकिने वेबसाइटको त्यो प्रणाली हो, जहाँ मानिस र व्यवसाय (जसलाई प्रायः ‘प्रकाशक’ भनिन्छ) ले जानकारी, तस्बिर र भिडिओ शेयर गर्छन् ।

क्याल्कुलेटरले गणितको शिक्षक विस्थापित गर्‍यो त भन्ने सिद्धान्त प्रविधि क्षेत्रमा सधैं लागु हुन्छ । सन् २०१० मा वायर्ड म्यागजिनको कभरले ‘वेब मरिसक्यो’ भन्ने घोषणा गरेको थियो । तैपनि हामी यहाँ छौं । स्मार्टफोन, एप र सामाजिक सञ्जाल सबैले वर्ल्ड वाइड वेबको बारेमा प्रलयको भविष्यवाणी गरेका थिए । तर, वेब झनै परिष्कृत भयो ।

मे महिनामा गुगलले नयाँ टुल घोषणा गरिसकेपछि बीबीसीले एक दर्जनभन्दा बढी विज्ञसँग एआई मोडको विषमा कुरा गरेको छ । ती विज्ञले यस टुलले डिजिटल अर्थतन्त्रमा अभूतपूर्व खतरा उत्पन्न गरेको बताएका छन् ।

“मेरो विचारमा वेबसाइटलाई जे हुन गइरहेको छ त्यसका लागि ‘लोप’ भन्ने शब्द प्रयोग गर्नु त्यति उचित होइन,” एसईओ कम्पनी पोलेमिक डिजिटलका संस्थापक ब्यारी एडम्स भन्छन्, “यसका लागि ‘विनाश’ हो शब्द प्रयोग गर्न उपयुक्त हुन्छ ।”

यसमा गुगल असहमत छ । कम्पनीले बीबीसीलाई बताए अनुसार वेबका लागि एआई ओभरभ्यु धेरै राम्रो हो । र, एआई मोड पनि यसभन्दा फरक हुने छैन । गुगलले यी फिचरले प्रयोगकर्तालाई ‘अझ बढी विविध वेबसाइटतर्फ पठाउँछन्’ भन्ने कुरालाई जोड दिएको छ । र, त्यसबाट आउने ट्राफिक ‘अझ गुणस्तरीय’ हुन्छ भन्ने कम्पनीको दाबी छ । विशेषगरी एआईले उपलब्ध गराएको लिङ्क अझ विश्वसनीय हुन्छ भन्ने ठानी प्रयोगकर्ता उक्त लिङ्कभित्र पहिलेभन्दा बढी समय बिताउने गुगलको तर्क छ ।

तर, कम्पनीले यी दाबीलाई समर्थन गर्न कुनै तथ्याङ्क उपलब्ध गराएको छैन । एआई मोडलाई वेबसाइट सञ्चालक (प्रकाशक)ले कसरी प्रयोग गर्न सक्छन् भन्ने गाइड छ । तर, यसले वेबसाइटलाई एआई ओभरभ्युले कसरी असर गर्छ भन्ने जानकारी स्पष्ट दिएको छैन । साथै यी एआई टुलले सर्चबाट वेबमा कसरी ट्राफिकको मात्रा नघटाई पठाउँछ भन्ने पनि खुलाएको छैन ।

आलोचकसँग भने यसको सरल जवाफ छ । एआई ओभरभ्यु र एआई मोड दुवैमा स्रोतका लिङ्कहरू समावेश हुन्छन् । तर, यदि एआईले तपाईंले खोजेको प्रश्नको जवाफ दियो भने तपाईंले लिङ्क क्लिक गरेर अर्को वेबसाइटमा पुग्ने झन्झट किन गर्नुहुन्छ ?

तथ्याङ्कले त्यो तर्कलाई समर्थन गरेको देखिन्छ । धेरै विश्लेषणले एआई ओभरभ्युले गुगलले वेबसाइटमा पठाउने ट्राफिकको मात्रा (क्लिक-थ्रु रेट)लाई ३० देखि ७० प्रतिशतको बीचमा घटाएको देखाएका छन् । यद्यपि यो मानिसले ‘के खोजिरहेका छन्’ भन्नेमा निर्भर हुन्छ । सधैं एआईले दिएको जानकारी पर्याप्त हुन्छ भन्ने भन्ने पनि हुँदैन । साथै करिब ६० प्रतिशत गुगल सर्च अब ‘शून्य-क्लिक’ भएको अन्य केही विश्लेषणले देखाएका छन् । जसमा प्रयोगकर्ताले एउटै लिङ्क भिजिट नगरी आफूले चाहेको जानकारी पाउन सक्छन् ।

एआई मोडको कुनै भर्सन चाँडै नै डिफल्ट बन्नेछ र त्यसले ट्राफिकमा एआईले पार्ने प्रभावलाई अझ तीव्र बनाउने विज्ञहरूको शङ्का छ । किनभने यसले परम्परागत लिङ्कको सूचीलाई पूर्ण रूपमा हटाउँछ ।

“मलाई लाग्छ गुगलको एआई मोडबाट वेबतर्फ जाने क्लिकको सङ्ख्या करिब आधा मात्र हुनेछ, भरसक त्यो भन्दा धेरै कम पनि हुन सक्छ,” एडम्स भन्छन्, “धेरै प्रयोगकर्ता त एआईले दिएको जानकारीमै सन्तुष्ट हुनेछन् जस्तो लाग्छ । यसलाई कसरी लिइन्छ भन्ने कुरा त हेर्न बाँकी छ । तर, धेरै प्रकाशकका लागि यो यति नाटकीय परिवर्तन हुनेछ ।”

यो केवल केही ब्लगरले आफ्नो जागिर गुमाउने कुरा मात्र होइन । यसले प्रयोगकर्ता आफैंले वेबसँग कसरी अन्तरक्रिया गर्छन् र उनीहरूले कसरी जानकारी फेला पार्छन् भन्ने कुरा पनि परिवर्तन गर्नेछ ।

हाउसफ्रेस (एयर क्वालिटी उत्पादनको समीक्षा गर्ने साइट)की प्रबन्ध सम्पादक गिसेल नभारो भन्छिन्, “वेब भनेको तपाईंको औंलाको टुप्पोमा रहेका यी सबै कम्युनिटी हुन् र त्यो हराउन सक्छ,” । उनी गुगलले बेवास्ता गरेका जस्तो महसुस गर्ने वेबसाइटका पक्षमा बोल्ने गर्छिन् र उनको तर्क के छ भने प्रयोगकर्ताले पत्ता लगाउन सक्ने जानकारीका स्रोत निकै कम विविध हुन सक्छन् । “यो त्यस्तै हो जस्तो तपाईं लाइब्रेरियनसँग किताब माग्नुहुन्छ तर उनीहरू किताबबारे मात्र सुनाउँछन्,” उनी भन्छिन्, “वेबले हामी सबैका लागि एउटा ठुलो लाइब्रेरी जस्तो महसुस गराउँथ्यो । मलाई लाग्छ त्यो अनुभव अब हराइ सकेको छ ।”

यस्ता भविष्यवाणी र विश्लेषण आधारहीन भएको गुगलका एक प्रवक्ताको तर्क छ । कम्पनीका अनुसार साइटले विभिन्न कारणले गर्दा ट्राफिक गुमाउन सक्छन् । र यी विषयमा गरिएका अध्ययनहरू प्रायः पूर्वाग्राही तथ्याङ्क र त्रुटिपूर्ण पद्धति प्रयोग गरेर गरिन्छन् ।

“हाम्रो दृष्टिकोणबाट हेर्ने हो भने वेब फस्टाइरहेको छ,” गुगलको नलेज एन्ड इन्फरमेसन विभागका वरिष्ठ उपाध्यक्ष निक फक्सले हालैको एक पोडकास्टमा भने, “सायद वेबको स्वास्थ्य र भविष्यको बारेमा गुगलभन्दा बढी चिन्ता गर्ने कुनै कम्पनी छैन ।” फक्सका अनुसार वेबमा कन्टेन्टको मात्रा पछिल्लो दुई वर्षमा ४५ प्रतिशतले बढेको छ । यसमा स्प्याम समावेश छैन । “हामी यो डेटामा देख्छौं,” उनले भने, “मानिस अझै पनि धेरै सक्रिय रूपमा वेबमा क्लिक गरिरहेका छन् ।”

ती आश्वासनको बाबजुद केही वेबसाइट एआई-सञ्चालित च्याटबट र सर्चको आगमनसँग आफूलाई चलायमान राख्न सङ्घर्ष गरिरहेका छन् । गत वर्ष हाउसफ्रेस, ती अनगिन्ती साना अनलाइन व्यवसायमध्ये एक थियो जसले गुगलका एल्गोरिदम अपडेटका कारण ठुलो ब्रान्डतर्फ ट्राफिक मोडिएको भन्दै आफू प्रभावित भएको दाबी गरेको थिए । नभारोका अनुसार एआईले यस्तो क्षतिलाई झनै बढाउँदै गइरहेको छ ।

“केही हप्ताअघि हामीले एउटा वृद्धि देख्यौं,” नाभारो भन्छिन् । हाउसफ्रेस गुगल सर्चमा देखिने सङ्ख्या अर्थात् इम्प्रेसनहरु बढ्दै गएका छन् । “तर त्यसै समयमा क्लिकको सङ्ख्या घट्दै गएको छ । गुगलले हाम्रो लिङ्क धेरै देखाइरहेको छ तर कसैले क्लिक गरिरहेको छैन । यो कुरा एआई ओभरभ्युसँग मेल खान्छ,” उनले भनिन् ।

डेटा विश्लेषण कम्पनी ब्राइटएजका अनुसार एआई ओभरभ्यूले वेभभर इम्प्रेसन ४९ प्रतिशतले बढाएको छ । तर क्लिक भने ३० प्रतिशतले घटेका छन् । किनकि मानिसले आफ्ना उत्तरहरू सिधै एआईबाट नै पाउँछन् ।

“गुगलले नियम बनायो, उसैले खेल सिर्जना गर्‍यो र खेलाडीलाई पुरस्कार दियो,” नभारो भन्छिन्, “अब गुगल फर्केर भन्दैछ, ‘यो मेरो पूर्वाधार हो, वेब त बस् त्यसमा बाँचिरहेको छ ।’ मलाई लाग्छ यसले हामीले चिनेको ओपन वेबलाई पक्कै नष्ट गर्छ । सायद यसले पहिले नै गरिसकेको छ ।”

नयाँ मसिन वेबको आरम्भ !

एआई मोडको सबैभन्दा ठुलो प्रभाव तपाईंले हरेक दिन अनलाइनमा गर्ने अनुभवमा पर्नेछ । हामी नयाँ युगको सुरुवातमा छौं जसलाई भविष्यमा मसिन वेब भनिन सक्छ भन्ने केहीको विश्वास छ । यस्तो वेब जहाँ वेबसाइट मानिसका लागि होइन, एआईले पढ्ने गरी बनाइनेछन् । र च्याटबटले तयार पारेका सारांशहरू नै हामीले जानकारी उपभोग गर्ने मुख्य माध्यम बन्नेछन् ।

गुगलको एआई अनुसन्धान प्रयोगशाला डीपमाइन्डका प्रमुख डेमिस हसाबिसले हालै दिएको अन्तर्वार्तामा मसिन वेबको अवधारणाबारे आफ्नो विचार राखेका थिए । उनका अनुसार प्रकाशले मानिसका लागि भन्दा पनि एआईका लागि कन्टेन्ट बनाउनेछन् र सोझै एआईलाई पठाउनेछन् । किनभने उनीहरू अब मान्छेका लागि वेबसाइट आवश्यक छैन भन्ने ठान्नेछन् । “मलाई लाग्छ केही वर्षमा स्थिति निकै फरक हुनेछ,” उनले भने ।

यो यस्तो संसार हुनेछ, जहाँ जवाफहरू सधैं सजिलै उपलब्ध हुनेछन् । तर यसले पहिलो पटक ओपन वेबलाई निकै लोकप्रिय बनाउनेछ । तर, अनलाइनमा अनपेक्षित रूपमा नयाँ कुरा भेट्‍टाउने मौका, रमाइलो जानकारी भेटिने अवसर वा नयाँ कुरा पत्ता लगाउने सम्भावना घट्नेछ । डिकोडर पोडकास्टसँगको अन्तर्वार्तामा पिचाईले ‘अन्ततः सबै कुरा प्रयोगकर्ताको रुचिमा निर्भर रहने’ बताएका छन् ।

इन्टरनेटका करिब पाँचमा एक वेबसाइटलाई सेवा दिइरहेको कम्पनी क्लाउडफ्लेयरका प्रमुख कार्यकारी म्याथ्यु प्रिन्सले भविष्यमा अझ ठुलो समस्या देखेका छन् । उनी भन्छन्, “एआई वा रोबोटले त विज्ञापनमा क्लिक गर्दैनन् ।” अर्थात् यदि एआई नै दर्शक वा पाठक भयो भने क्रियटरले कसरी पैसा पाउँछन् ? एउटा सम्भावना भनेको प्रकाशकले एआई कम्पनीबाट पाउने प्रत्यक्ष क्षतिपूर्ति हो । द न्यूयोर्क टाइम्सले अमेजनको एआईलाई कन्टेन्ट लाइसेन्स दिइरहेको छ । गुगलले रेडिटलाई प्रयोगकर्ता डेटामा एआईलाई तालिम दिन वार्षिक छ करोड डलर तिर्छ । दर्जनौं ठूला प्रकाशक र मिडिया समूहले ओपनएआई र अन्य कम्पनीसँग यस्तै सम्झौतामा हस्ताक्षर गरेका छन् ।

तर अहिलेसम्म धेरै डेटा भएका ठुला वेबसाइटले मात्र यी सम्झौता पाइरहेका छन् । “यसरी सामग्रीको लागि भुक्तानी गर्नु वेबलाई टिकाउन आवश्यक मात्रामा काम गर्ने मोडेल हो भन्ने मलाई लाग्दैन,” विज्ञापन प्रविधि फर्म र्‍याप्टिभका कार्यकारी उपाध्यक्ष टम क्रिचलो भन्छन्, “क्लिकमा आएको गिरावटलाई क्षतिपूर्तिको मोडेलले कसरी काम गर्न सक्छ भन्ने हेर्न गाह्रो छ ।”

यदि वेबबाट आम्दानी गर्न झन् गाह्रो बन्दै गयो भने एडम्स र अरूले धेरै जसो मानिस सामाजिक सञ्जालतर्फ पलायन हुने अपेक्षा गरेका छन् । नाभारो जस्ता धेरैका लागि त यो प्रक्रिया पहिले नै सुरु भइसकेको छ ।

हाउसफ्रेसले युट्युबमा ध्यान केन्द्रित गरेको छ । तर नाभारो सामाजिक सञ्जालका एल्गोरिदम अझै अनिश्चित र परिवर्तनशील हुने बताउँछिन् । यी प्लेटफर्मले क्रियटरलाई गुणस्तर र गहिराइ छोडेर देखावटीपनलाई प्राथमिकता दिन बाध्य बनाउने उनको चिन्ता छ । “पहिले जस्तो उच्च गुणस्तरको सामग्री बनाउन कुनै प्रोत्साहन नै रहँदैन,” नाभारो भन्छिन्, “सबै कुरा पैसामा मात्रै केन्द्रित हुन्छ र तपाईंलाई कम जानकारी दिन र बढी बेच्न बाध्य पार्छ ।” नाभारोका अनुसार वेबमा प्रकाशकसँग रहेको स्वतन्त्रता हराउनुको अर्थ श्रोताका लागि सामग्रीको गुणस्तर खस्किनु हो ।

मानिसले प्रयास गर्न सक्ने अन्य सर्च इन्जिन पनि छन् । तर, ती सर्च इन्जिन पनि आफ्नो सर्च टुलमा एआई इन्टिग्रेट गरिरहेका छन् । उदाहरणका लागि माइक्रोसफ्टले आफ्नो बिङ सर्च इन्जिनमा एआई निर्माण गरिरहेको छ । तर गुगलका साना प्रतिस्पर्धीको बजार हिस्सा यति थोरै छ कि उनीहरूले अर्थतन्त्रमा कुनै प्रभाव पार्न सक्ने देख्न गाह्रो छ । र धेरैले आफ्नै एआई टुल थपिरहेका छन् ।

यदि प्रविधिको विकास त्यतैतिर अघि बढ्दै छ भने मेसिनद्वारा सञ्चालन हुने इन्टरनेट (मसिन वेब) अझ बन्द प्रकारको, कम विविधतायुक्त र वास्तवमै एकनासे हुन सक्छ । यसले गर्दा अनलाइनमा समय बिताउने मानिसको अनुभवलाई सीमित हुन्छ ।

तर केही विज्ञहरू भने डराइरहेका छैनन् । “यो सबै विकासक्रम भएकाले म त्यति चिन्तित छैन,” युनिभर्सिटी अफ साउथ ह्याम्प्टनकी कम्प्युटर विज्ञानकी प्रोफेसर र १९८० को दशकमा वर्ल्ड वाइड वेबको प्रारम्भिक ढाँचा डिजाइन गर्ने अग्रणीमध्ये एक डेम वेन्डी हल भन्छिन्, “अब एआई यसमा आएको छ र यसले सबै प्रणाली परिवर्तन गर्नेछ । ठ्याक्कै के हुनेछ भन्ने त म भन्न सक्दिनँ ।” उनी अगाडि थप्छिन्, “वेब अझै त्यहीं छ र अझै खुला छ । यदि गुगलले यस्तो बाटो लिन्छ भने कुनै न कुनै कुशल व्यक्तिले आम्दानी गर्ने नयाँ उपाय निकाल्नेछ । तर मलाई लाग्छ धेरैका लागि त्यो बेलासम्म ढिला भइसकेको हुनेछ ।”

त्यसोभए इन्टरनेट प्रयोगकर्ता के चाहन्छन् त ?

एआई मोड एक प्रभावशाली प्रविधि हो भन्नेमा कुनै शङ्का छैन । यसले ‘फ्यान आउट मेथड’ प्रयोग गर्छ । यो त्यस्तो विधि हो जहाँ एआईले सबैभन्दा पहिले प्रश्नलाई टुक्र्याउँछ र ती सबै प्रश्नको जवाफ खोज्न एकै पटक सर्च गर्छ । यसले एआई मोडलाई थप विविध स्रोत सिफारिस गर्न, जटिल प्रश्नको विस्तृत जवाफ तयार पार्न, गहिराइमा जान सघाउने गुगलको दाबी छ । र, यसले गर्दा तपाईं थप विस्तृतमा बुझ्न र आफ्नो जिज्ञासा मेटाउन विभिन्न प्रश्न सोध्न सक्नुहुन्छ ।

गुगलका अनुसार एआई ओभरभ्यूप्रतिको प्रतिक्रियाले एआई मोड अत्यन्त लोकप्रिय हुने सङ्केत गरेको छ । “जब प्रयोगकर्ताले एआई ओभरभ्यु प्रयोग गर्छन् उनीहरू प्राप्त नतिजाबाट खुसी हुन्छन् र अझ बढी खोजी गर्न थाल्छन्,” गुगलका सीईओ पिचाईले डेभलपर सम्मेलनमा भने, “यो पछिल्लो दशकको सर्चमा भएका सबैभन्दा सफल सुरुवातमध्ये एक हो ।” अर्थात् सर्च ओभरभ्युले सर्च प्रणालीलाई अझ राम्रो बनाएको छ भने प्रयोगकर्ताले चाहेको पनि यही हो भन्ने दाबी गुगलको छ ।

दुई हजारभन्दा बढी पत्रकारिता र मिडिया आउटलेटको प्रतिनिधित्व गर्ने ट्रेड ग्रुप न्यूज/मिडिया एलायन्सकी अध्यक्ष ड्यानियल कफी भन्छिन्, “तर त्यो कुनै औचित्य होइन ।” उनी अगाडि भन्छिन्, “यो चोरीको परिभाषा हो । एआईले निकालेका जवाफ सक्कली उत्पादनको विकल्प हुन् । उनीहरू हाम्रो सामग्रीमा पैसा कमाउँछन् तर हामीले बदलामा केही पाउँदैनौं । बिक्री भइरहेको सामान उत्पादन गर्ने मानिसको तर्फबाट यो व्यापारिक निर्णय गर्ने ठाउँ गुगलको होइन ।”

प्रकाशकसँग यसको कुनै विकल्प नभएको विज्ञहरू ठान्छन् । अदालतको मुद्दामा जारी गरिएको आन्तरिक कागजातले गुगलले आफ्नो नियम ‘चुपचाप अपडेट’ गरेको देखाएका छन् । त्यसैले गुगल सर्चमा भाग लिनुको अर्थ वेबसाइटले स्वतः आफ्नो सामग्री एआईका लागि प्रयोग गर्न अनुमति दिनु हो । यदि वेबसाइटले त्यसो गर्न चाहेनन् भने उनीहरू स्वतः गुगल सर्चबाट बाहिरिनु पर्ने हुन्छ । अर्थात् मानेनन् भने उनीहरू गुगल सर्चमा भेटिंदैनन् ।

गुगलका एक प्रवक्ताका अनुसार यी कागजातमा जे खुलेको छ त्यो केबल प्रारम्भिक छलफल मात्र हो । यसले कम्पनीको अन्तिम निर्णय प्रक्रियालाई खुलाएको छैन । अर्थात् आन्तरिक कागजातको विवरण सही हो । तर, यो लागू हुन्छ वा हुँदैन बन्ने स्पष्ट छैन । गुगलका प्रवक्ताका अनुसार गुगलले कन्टेन्टको एक्सेस वेबसाइट सञ्चालकलाई नै दिन्छ । उनीहरूले आफ्नो कन्टेन्ट एआई मोडमा देखाउने वा नदेखाउने भन्ने निर्णय लिन सक्छन् ।

“एआई जवाफ सक्कली उत्पादनको विकल्प हुन्,” कफी भन्छिन्, “यो एउटा व्यापारिक प्रस्ताव हो भन्ने मलाई लाग्दैन जसमा हामी कहिल्यै स्वेच्छाले सामेल हुनेछौं ।”

पछिल्लो एक वर्षमा अमेरिकी अदालतहरूले गुगलले एउटा ‘सर्च इन्जिन’ र अर्को ‘डिजिटल विज्ञापन’को व्यवसायमा एकाधिकार चलाएको ठहर गरेका छन् । अदालतले अब यसको सजाय दिन्छ भन्नेबारे निर्णय गर्न बाँकी छ । गुगललाई टुक्र्याउन सकिने वास्तविक सम्भावना पनि छ जसले इन्टरनेटमा उसको नियन्त्रणलाई गम्भीर धक्का दिन सक्छ ।

गुगलले भने अदालतको यो निर्णयसँग आफू असहमत रहेको र यसका विरुद्ध पुनरावेदन गर्ने योजना बनाएको बताएको छ । एआईको व्यापक प्रयोगसँगै उसले बजारमा ठुलो प्रतिस्पर्धाको सामना गरिरहेको गुगलको तर्क छ । साथै कम्पनीलाई टुक्र्याउने कुनै पनि प्रस्तावले उपभोक्तालाई नै हानि पुर्‍याउने र नयाँ प्रविधिको विकासलाई सुस्त बनाउने उसको दाबी छ ।

तर, स-साना कुराले गुगलको पकड यसै पनि कमजोर भइरहेको देखाउँछ । अदालतमा चलिरहेको मुद्दाको सुनुवाइको क्रममा एप्पलका एक कार्यकारी एडी क्यूले ‘२२ वर्षमा पहिलो पटक सफारी ब्राउजरमा गुगल सर्च घटेको’ बताएका थिए । यसको कारण मानिसले सर्चको सट्टामा एआई च्याटबट प्रयोग गर्नु हुन सक्ने उनको भनाइ थियो । यद्यपि गुगलले एक विज्ञप्ति जारी गर्दै एप्पलका डिभाइसबाट समेत समग्रमा सर्च गर्नेको सङ्ख्या बढिरहेको दाबी गरेको थियो ।

हालैको एक सर्वेक्षणले लगभग ७२ प्रतिशत अमेरिकीहरू कहिलेकाहीँ सर्च इन्जिनको सट्टा च्याटजीपीटी जस्ता एआई टुल प्रयोग गर्ने देखाएको थियो । एसईओ एजेन्सी ‘आईपुल र्‍याङ्क’का संस्थापक माइक किङ भन्छन्, “मलाई लाग्छ आफैँले खोज्दा धेरै कुरा सिकिन्छ तर धेरै मानिसलाई त्यति धेरै झन्झट आवश्यक छैन भन्ने लाग्छ ।”

तर एआई प्रयोग गर्दा केही गम्भीर बेफाइदा पनि छन् । किङ भन्छन्, “यसले ‘फिल्टर बबल’ (विचारको घेरा) लाई बढावा दिनेछ किनभने अब गुगलले तपाईंलाई सीधै जानकारी दिनुको सट्टा त्यसलाई आफैँ व्याख्या गरेर दिन्छ ।” एआई च्याटबटमा गरिएको अनुसन्धानले पनि के देखाएको छ भने तिनीहरू ‘इको चेम्बर’ (प्रतिध्वनि कक्ष) जस्तै काम गर्छन्, जहाँ प्रयोगकर्ताले आफ्नो विचारसँग मिल्ने कुरा मात्र बढी देख्छ वा सुन्छ । किङ थप्छन्, “यसले गर्दा तपाईंले अपेक्षा गरेकै जानकारीलाई थप बल पुग्छ ।”

हुन त एआईले दिने जवाफको गुणस्तरका बारेमा चिन्ता पनि थुप्रै छन् । केही अनुसन्धानले एआईको प्राविधिक क्षमता बढ्दै जाँदा यसको ‘ह्यालुसिनेसन’ अर्थात् मनगढन्ते जानकारी दिने समस्या झन् खराब हुँदै गइरहेको देखाएका छन् । गुगलका प्रमुख सुन्दर पिचाईले समेत एक पोडकास्ट अन्तर्वार्तामा ‘ह्यालुसिनेसन’लाई यो प्रविधिको ‘अन्तरनिहित विशेषता’ भनेका छन् । यद्यपि गुगलले एआईको जवाफलाई तथ्यमा आधारित बनाउन आफ्नो परम्परागत सर्च विधि प्रयोग गरिरहेको र एकुरेसी सुधार भइरहेको बताएको छ । गुगलले बीबीसीलाई बताएअनुसार एआई सर्चका अधिकांश जवाफ तथ्यपरक छन् र तिनको एकुरेसी अन्य सर्च फिचरकै स्तरमा छ ।

यद्यपि सुरुवाती चरणमा गुगलको ‘एआई ओभरभ्यु’ले मानिसलाई चट्टान खान र पिज्जाको रेसिपीमा गम हाल्न सुझाएको घटना देखिएका थिए । गुगलले यस्ता गल्ती तुरुन्तै सच्याइहाल्छ । तर, हालसालै सन् २०२५ को एक बिहीबार एआई ओभरभ्यु सुरु भएको एक वर्षपछि सोही एआईले आज बिहीबार होइन र यो सन् २०२५ पनि होइन भनिदिएको थियो ।

एआईले आफैले तयार पारेको भ्रामक तथा मिथ्या जानकारीबाटै एक प्रकारको ‘इको-चेम्बर’को प्रभाव पैदा गर्न सक्ने एक अध्ययनले देखाएको थियो । यसलाई कम्प्युटर वैज्ञानिकहरूले ‘च्याट चेम्बर्स’ भन्ने नयाँ नाम दिएका छन् । गुगलका एक प्रवक्ताका अनुसार उनीहरूको एआई प्रयोगकर्ताको रुचिअनुसार जानकारी देखाउन डिजाइन गरिएको हो । तर यसले वेबमा पाइने अन्य कुराहरूलाई सीमित गर्दैन ।

एकातिर ‘मसिन वेब’को सम्भावनाले इन्टरनेट बनाउने र त्यसमा निर्भर रहने धेरैलाई चिन्तित बनाएको छ भने अर्कोतिर गुगलले एक फरक र उत्साहजनक तस्वीर प्रस्तुत गरेको छ । गुगलका सीईओ सुन्दर पिचाइले ‘डिकोडर’ लाई भने, “अबको पाँच वर्षमा हामीले वेब (अन्य वेबसाइट)मा धेरै ट्राफिक पठाइरहेको देख्नुहुनेछ । मलाई लाग्छ हाम्रो प्रडक्टको आगामी गन्तव्य पनि यही हो र हामी यसमा प्रतिबद्ध छौं ।”

गुगलले बीबीसीलाई बताए अनुसार कम्पनी यस्तो रणनीति बनाइरहेको छ जसले सर्चलाई अझ उत्कृष्ट बनाउनेछ । यसले गर्दा प्रयोगकर्ताले विविध किसिमका प्रश्न सोध्न सक्नेछ । कन्टेन्ट तयार पार्ने र फेला पार्ने अवसरलाई अझ विस्तार गर्ने कम्पनीको योजना छ ।

“के हुन्छ भनेर म अहिले नै भविष्यवाणी गर्न गइरहेको छैन किनभने भविष्य धेरै कुरामा निर्भर हुन्छ । तर, यदि म अझै पनि जानकारी पाउन वा आफ्नो जानकारी अरूले फेला पारुन् भनेर गुगललाई महत्त्व दिने व्यक्ति हुन्थेँ भने म यो कुराले साँच्चै चिन्तित हुने थिएँ,” लामो समयदेखिका प्रविधि अभियन्ता तथा अनलाइन प्लेटफर्मको पतनबारे लेखिएको ‘इन्शिटिफिकेसन’ नामक किताबका लेखक कोरी डक्टोरो भन्छन् ।

यो इन्टरनेट प्रयोगकर्ताका लागि आफूले चाहेको परिवर्तनको माग गर्ने एउटा अवसर पनि हुन सक्ने उनी ठान्छन् । डक्टोरो अगाडि भन्छन्, “यो एउटा यस्तो सङ्कट हो, जसलाई हामीले खेर जान दिनु हुँदैन । गुगलले यस्तो केही गर्न लागेको छ जसले मानिसहरूलाई साँच्चै रुष्ट बनाउनेछ ।”

आफू त्यो ठाउँमा भए यो रिसलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने बारे सोच्ने उनी बताउँछन् । यसका लागि गुगललले ल्याउने परिवर्तनसँगै भिज्नुपर्ने उनको विचार छ ।

यसो भनिरहँदा गुगलले ल्याउने परिवर्तनको साँची बन्न र कुनै नियामक निकायले गुगललाई नियमन गर्ने समय पर्खिएर बस्न केही व्यक्ति तयार छैनन् । यसका लागि क्लाउडफ्लेयरका म्याथ्यु प्रिन्सले यस विरुद्धको अभियान चलाउने तयारी गरेका छन् । त्यसका लागि उनी ठूला समाचार तथा कन्टेन्ट प्लिशरसँग मिलेर एउटा समूह बनाउन चाहन्छन् ।

र, उक्त समूहले कुनै पनि एआईलाई वेबसाइट क्रल गर्न नदिने र यदि क्रल गर्न चाहे शुल्क लिने मोडालिटीमा काम गर्नेछ । मानिसहरू सबै कन्टेन्ट वेबसाइटमै गएर निःशुल्क पढ्न पाउन् तर एआईले ती कन्टेन्टमा निःशुल्क पहुँच नपाउन् भन्ने प्रिन्सको चाहना छ ।

(बीबीसीको इज गुगल अबाउट टु डिस्ट्रोए द वेब शीर्षकको लेखबाट नेपालीमा भावानुवाद गरिएको लेख । बीबीसीमा यो लेख प्रविधि पत्रकार थोमर जर्नेनले लेखेका हुन् ।)

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८२ २१:२९

APTLD 70: Agendas are beautifully coined

APTLD 70 in Bangkok is my second time I participated in its regular meeting. I feel myself lucky to this opportunity to take part in such events where I realized a tenure of excellent management, a useful platform to exchange experiences on technological / operational issues of the domain registries in the region. APTLD, a non for profit organization established for ourselves perfectly connecting members within its limited resources with pleasant behavior is its identical approach I found.

While talking about APTLD 70, selecting agendas and designing sessions were awesome to get involved all members from sessions by equally distributed space where they performed their own, seems beautifully coined actually.

Prior call for next meeting agenda / topics is another good decision that announced at the end of the meeting. This may call various corner side hidden subjects come for discussions.

The first two days technical training session on the title “Best Practices in managing Internet Identifiers and Securing Networks” is best part to learn technicalities of the ccTLD operations. Champika a cool trainer best tried to pour his knowledge to the participants. I solute APTLD GM and his team for his each and every minute concerns to the members and his excellent leadership, perfect arrangement, and kind coordination of the event.

Organizing THNIC team, no doubt superb in the whole event, their civilized manner and wonderful arrangement and amazing courtesy to us really appreciated.

Chair, Mr Lim Choon performed good guardianship during the whole event found as a father of event.

Wishing all the best for APTLD 71 at Ho Chi Minh City, Vietnam. Suraj Adhikari .NP October 1, 2016

सञ्जीव राजभण्डारी- सूचना प्रविधि क्षेत्रमा अग्रणी उद्यमी

सञ्जीव राजभण्डारी नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा एक अग्रणी उद्यमी हुन्, जसले इन्टरनेट सेवा, सफ्टवेयर विकास, र डिजिटल पूर्वाधारको विकासमा महत्वपूर्ण योगदान दिएका छन्। उनको नेतृत्वमा Mercantile Communications ले नेपालमा इन्टरनेट सेवा सुरु गरेको थियो, जसले देशको डिजिटल युगको सुरुवात गर्‍यो।

🎓 शैक्षिक पृष्ठभूमि र प्रारम्भिक करियर

सञ्जीव राजभण्डारीले भारतको मुम्बई विश्वविद्यालयबाट स्नातक तहको अध्ययन पूरा गरेका छन्। सन् १९८३ मा उनले Mercantile Office Systems (MOS) स्थापना गरे, जुन प्रारम्भमा कम्प्युटर हार्डवेयर र सफ्टवेयर वितरणमा केन्द्रित थियो। बिस्तारै कम्पनीले बैंकिङ सफ्टवेयर, नेटवर्किङ, र इन्टरनेट सेवामा आफ्नो क्षेत्र विस्तार गर्‍यो।

🌐 नेपालमा इन्टरनेटको सुरुवात

सञ्जीव राजभण्डारीको नेतृत्वमा Mercantile Communications ले सन् १९९४ मा नेपालमा इन्टरनेट सेवा सुरु गर्‍यो। सुरुवाती चरणमा UUCP प्रविधि प्रयोग गरी इमेल सेवा प्रदान गरिएको थियो, जुन पछि सिङ्गापुर टेलिकम (Singtel) सँगको सहकार्यमा पूर्ण इन्टरनेट सेवामा रूपान्तरण भयो। सुरुवाती इन्टरनेट कनेक्शन ४.८ केबीपीएसको थियो, जुन पछि ६४ केबीपीएसमा स्तरोन्नति गरियो। त्यस समयमा इन्टरनेट सेवा महँगो थियो, तर सञ्जीव राजभण्डारीको दूरदृष्टिले नेपालमा डिजिटल युगको ढोका खोल्यो। (Techpana)

💼 उद्यमशीलता र नेतृत्व

सञ्जीव राजभण्डारी Mercantile Office Systems Pvt. Ltd. र Mercantile Communications Pvt. Ltd. का अध्यक्ष हुन्। उनले विभिन्न कम्पनीहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्, जसमा Pumori Agro Forestry Industries Pvt. Ltd., Resonance Nepal Pvt. Ltd., Hits Nepal Pvt. Ltd., M Nepal Pvt. Ltd., Serving Minds Pvt. Ltd., Flexiterm Pvt. Ltd., Himal Power Ltd., SR Investment Pvt. Ltd., र SS Investment Pvt. Ltd. समावेश छन्। (bpc.com.np)

🏆 सम्मान र पुरस्कार

सञ्जीव राजभण्डारीलाई २०११ मा क्यान महासंघ नेपाल (CAN Federation Nepal) द्वारा “ICT Business Excellence Award” प्रदान गरिएको थियो। उनको Mercantile कम्पनीले नेपालमा सफ्टवेयर विकास, विशेष गरी बैंकिङ क्षेत्रका लागि, मा महत्वपूर्ण योगदान पुर्‍याएको छ। (can.org.np)

🤝 हालका पहलहरू

सन् २०२३ मा Mercantile Office Systems र InfoDevelopers बीच रणनीतिक सहकार्य भएको छ, जसले बैंक तथा वित्तीय संस्थाहरूलाई उच्चस्तरीय कोर बैंकिङ समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ। यस सहकार्यमा सञ्जीव राजभण्डारी अध्यक्षको रूपमा नियुक्त भएका छन्। (Technology Khabar, clickmandu)

सञ्जीव राजभण्डारीको दूरदृष्टि, उद्यमशीलता, र नेतृत्वले नेपालमा सूचना प्रविधिको विकासमा गहिरो प्रभाव पारेको छ। उनको योगदानले नेपाललाई डिजिटल युगमा प्रवेश गराउने मार्ग प्रशस्त गरेको छ।

सूचना तथा सञ्चार प्रविधिका नीति र कानुनी प्रावधानहरू

सूचना तथा सञ्चार प्रविधि (ICT) आधुनिक समाजको मेरुदण्ड बन्न पुगेको छ। नेपाल सरकारले ICT क्षेत्रको विकास र नियमनका लागि विभिन्न नीति, ऐन, नियम, र रणनीतिहरू ल्याएको छ। यी कानुनी र नीतिगत दस्तावेजहरूले डिजिटल विकास, साइबर सुरक्षा, ई-गभर्नेन्स, तथा निजी क्षेत्रको संलग्नता सुनिश्चित गर्ने काम गर्छन्।

१. सूचना प्रविधि नीति, २०७२ (ICT Policy 2015)

यो नीति नेपाल सरकारद्वारा ICT क्षेत्रको समग्र विकासका लागि निर्माण गरिएको महत्वपूर्ण दस्तावेज हो।

मुख्य उद्देश्यहरू:

  • डिजिटल नेपाल निर्माण गर्ने

  • नागरिकहरूलाई सरल, छिटो र सुलभ सेवा प्रवाह गर्ने

  • निजी क्षेत्र र नवप्रवर्तन (innovation) लाई प्रवर्धन गर्ने

  • ग्रामीण र दुर्गम क्षेत्रमा ICT पहुँच विस्तार गर्ने

  • मानव स्रोत विकास र डिजिटल साक्षरता बढाउने


२. डिजिटल नेपाल फ्रेमवर्क, २०१९

नेपाल सरकारद्वारा प्रारम्भ गरिएको डिजिटल परिवर्तनको रोडम्याप हो। यसले ICT लाई विकासको आधार मान्दै आठवटा मुख्य क्षेत्र समेटेको छ:

  1. डिजिटल पूर्वाधार

  2. डिजिटल मानव स्रोत

  3. डिजिटल सेवा प्रवाह

  4. कृषि

  5. स्वास्थ्य

  6. शिक्षा

  7. पर्यटन

  8. व्यापार

लक्ष्य: ICT मार्फत समावेशी, सुलभ र पारदर्शी सेवा प्रणाली विकास गर्नु।

३. सूचना प्रविधि ऐन, २०६३ (Information Technology Act, 2006)

ICT सम्बन्धी अपराध र नियमनका लागि प्रमुख कानुनी आधार हो।

मुख्य प्रावधानहरू:

  • साइबर अपराध नियन्त्रण (ह्याकिङ, अनधिकृत पहुँच, डाटा चोरी आदि)

  • डिजिटल हस्ताक्षर र प्रमाणीकरणको वैधानिकता

  • इ-व्यापारलाई कानुनी मान्यता

  • अनलाइन सामग्रीको निगरानी

नोट: हाल यस ऐनको मस्यौदा परिमार्जन हुँदैछ र नयाँ साइबर सुरक्षा ऐन प्रस्तावित अवस्थामा छ।


४. इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ (Electronic Transaction Act – ETA)

यस ऐनले इलेक्ट्रोनिक माध्यमबाट हुने कारोबार, डिजिटल दस्तावेज र डिजिटल हस्ताक्षरलाई कानुनी मान्यता दिएको छ।

मुख्य बुँदाहरू:

  • ई-करार (Electronic Contract)

  • डिजिटल प्रमाण (Digital Evidence)

  • सूचना सुरक्षासम्बन्धी प्रावधान

  • ई–गभर्नेन्स प्रवर्द्धन


५. नेपाल दूरसञ्चार प्राधिकरण ऐन, २०५३

नेपाल दूरसञ्चार प्राधिकरण (NTA) को स्थापना र कार्यक्षेत्र निर्धारण गर्ने ऐन हो।

प्रमुख कार्यहरू:

  • दूरसञ्चार सेवा प्रदायकहरूको अनुमति र नियमन

  • इन्टरनेट सेवा विस्तारमा सहजीकरण

  • ICT क्षेत्रका लगानीकर्तालाई सुविधा

  • Universal Service Fund को व्यवस्थापन


६. साइबर अपराध नियन्त्रणसम्बन्धी प्रावधानहरू

हालैका वर्षहरूमा नेपालमा साइबर अपराध बढ्दै गएकोले विभिन्न कानुनी सुधारहरू अघि सारिएका छन्:

  • साइबर सुरक्षा ऐन तयार पार्ने प्रक्रिया अन्तिम चरणमा

  • साइबर ब्युरो – नेपाल प्रहरी स्थापना (2018)

  • अनलाइन ठगी, यौनजन्य दुरुपयोग, ह्याकिङ, सोशल मिडिया दुरुपयोगजस्ता मुद्दाको छानबिन


७. अन्य नीतिगत दस्तावेजहरू:

  • राष्ट्रीय साइबर सुरक्षा नीति (मस्यौदा)

  • इ–गभर्नेन्स मास्टरप्लान

  • सार्वजनिक संस्थाहरूमा IT Officers राख्ने नीति

  • ICT Startups तथा नवप्रवर्तन (Innovation) प्रवर्द्धन नीति


निष्कर्ष

नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकासका लागि थुप्रै नीति तथा कानुनी प्रावधानहरू निर्माण भइसकेका छन्। यिनीहरूले सरकारी सेवा प्रवाहलाई डिजिटल बनाउने, निजी क्षेत्रलाई प्रोत्साहन दिने, र साइबर अपराध नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। आगामी वर्षहरूमा अझ प्रविधिमैत्री, समावेशी र सुरक्षित ICT प्रणाली निर्माण गर्ने दिशामा नेपाल अघि बढ़ने छ ।

डोमेन ठेगाना, डिजाइन र होस्टिङको सेवाको सुरुवात

नेपालमा वेब सेवाहरूको विकास १९९० दशकको मध्यतिर सुरु भएको हो, जब इन्टरनेट सेवा पहिलोपटक आम जनतामा पहुँचयोग्य बन्यो। इन्टरनेटको प्रसारसँगै वेबसाइट निर्माण, डोमेन दर्ता, वेब होस्टिङ, र वेब एप्लिकेशन विकासको क्रम पनि विस्तार हुँदै गयो। अहिले यी सेवाहरू निजी व्यवसाय, सरकारी निकाय, गैरसरकारी संस्था तथा व्यक्तिगत प्रयोगकर्ताहरूको लागि अनिवार्य डिजिटल संरचना बनिसकेका छन्।

१. डोमेन दर्ता सेवाको सुरुवात

नेपालमा डोमेन दर्ता सेवा सन् १९९५–१९९६ तिर सुरु भएको मानिन्छ। Mercantile Communications लाई .npCCTLD (country code top-level domain) को प्रशासनिक अधिकार दिइयो, जसले नेपाली प्रयोगकर्ताहरूलाई .np डोमेन निःशुल्क दर्ता गर्न सक्ने सुविधा उपलब्ध गरायो।

  • .com.np, .org.np, .gov.np, .edu.np जस्ता उप-डोमेनहरू संस्थाको प्रकार अनुसार छुट्याइएका छन्।

  • प्रारम्भमा डोमेन दर्ता प्रक्रिया कागजी प्रकृयामा आधारित थियो, जुन अहिले डिजिटल प्रणालीमा रूपान्तरण गरिएको छ।

२. वेब डिजाइन सेवाको प्रारम्भ

नेपालमा वेब डिजाइन सेवाको सुरुवात २००० को दशकको सुरुमै भएको थियो। सुरुवाती वेबसाइटहरू HTML र Flash मा आधारित स्थिर (static) पेजहरू थिए, जुन सूचनामूलक मात्र हुने गर्थे।

  • प्रारम्भिक डिजाइनहरू DreamweaverFrontPage जस्ता सफ्टवेयरमा बनाइन्थ्यो।

  • व्यवसाय र विद्यालयहरूका लागि सादा होमपेजहरू बनाउने प्रचलन थियो।

  • सन् २०१० पछि CSS3, JavaScript, र responsive design को प्रयोगले वेबसाइटहरू अधिक आकर्षक र प्रयोगकर्ता मैत्री बन्न थाले।

३. वेब विकास सेवा र CMS को प्रयोग

साथै, वेब एप्लिकेशन विकास सेवा पनि विस्तार हुँदै गयो। प्रारम्भमा PHP, ASP.NET, र Java मा आधारित वेब एप्स निर्माण हुन्थे। पछि:

  • WordPress, Joomla, Drupal जस्ता CMS (Content Management System) को प्रयोगले वेब विकास प्रक्रिया सरल बनायो।

  • Laravel, Django, Node.js जस्ता modern frameworks को प्रयोग सन् २०१५ पछि तीव्र भयो।

  • इ–कमर्स, समाचार पोर्टल, अनलाइन रिजर्भेसन, र डिजिटल फारम प्रणालीहरू निर्माण हुन थाले।

४. वेब होस्टिङ सेवाको विस्तार

वेब डिजाइन र विकाससँगै होस्टिङ सेवा को आवश्यकता पनि बढ्यो। सुरुमा अधिकांश वेबसाइटहरू भारत वा अमेरिका स्थित होस्टिङ कम्पनीहरूमा होस्ट गरिन्थ्यो।

  • WorldLink, Mercantile, Subisu लगायत केही इन्टरनेट प्रदायकहरूले आन्तरिक होस्टिङ सेवा सुरु गरे।

  • सन् २०१० पछाडि दर्जनौं निजी कम्पनीहरूले सस्तो दरमा shared, VPS, cloud र dedicated hosting सेवा प्रदान गर्न थाले।

  • अहिले नेपालमै स्थित data center हरू पनि सञ्चालनमा छन्, जसले सरकारी र ठूला संस्थालाई सुरक्षित होस्टिङ सुविधा दिन थालेका छन्।

५. सरकारी तथा निजी क्षेत्रको भूमिकाः

  • Government of Nepal ले आफ्ना वेबसाइटहरूलाई gov.np अन्तर्गत केन्द्रिकृत ढाँचामा निर्माण गर्न थालेको हो।

  • NITC (National Information Technology Center) ले सरकारी साइटहरूलाई होस्ट र सुरक्षित गर्ने सेवा प्रदान गर्दै आएको छ।

  • निजी कम्पनीहरूजस्तै Webtech Nepal, Diyalo Technologies, SoftNEP, Aakash Labs, Eprabidhi, आदि वेब सेवामा सक्रिय छन्।

निष्कर्ष

नेपालमा वेब सेवाहरूको विकास प्रारम्भिक इन्टरनेट युगदेखि हालको डिजिटल युगसम्म आइपुग्दा निकै व्यापक र व्यावसायिक बनेको छ। डोमेन दर्तादेखि वेब एप विकास र क्लाउड होस्टिङसम्म नेपाली बजारमा विविधता र गुणस्तरमा उल्लेखनीय सुधार आएको छ। अहिले डिजिटल उपस्थितिको आवश्यकता बढ्दै गएकाले, यो क्षेत्र अझ तीव्र रूपमा वृद्धि हुँदै गएको छ।

नेपालमा इन्टरनेटको इतिहास: डिजिटल यात्राको कथा

नेपालमा इन्टरनेटको यात्रा प्रविधिको पहुँचबाट वञ्चित एक पहाडी राष्ट्रबाट डिजिटल रूपान्तरणको दिशामा अघि बढेको प्रेरणादायी कथा हो। प्रारम्भिक संघर्षदेखि हालको तीव्र विकाससम्म, इन्टरनेटको इतिहास नेपालमा सूचना प्रविधि र संचारको युगान्तकारी परिवर्तनको साक्षी बनेको छ।

सुरुवाती चरण: VSAT मार्फत इमेल सेवा (१९९३–१९९५)

नेपालमा इन्टरनेटजस्तै सेवाको प्रारम्भ सन् १९९३ मा भयो जब राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (RONAST) ले VSAT प्रविधि प्रयोग गरी UUCP (Unix-to-Unix Copy Protocol) मार्फत इमेल सेवा सुरु गर्‍यो। यो सेवा मुख्यतः अनुसन्धानकर्ताहरू र शैक्षिक संस्थाहरूका लागि थियो।

यस कार्यमा अन्तर्राष्ट्रिय संस्था ICIMODUNDP को महत्वपूर्ण सहयोग रह्यो। यिनै सेवाहरूले नेपालमा डिजिटल सम्भावनाको बीजारोपण गरे।

सार्वजनिक इन्टरनेट सेवा: मर्कन्टाइल कम्युनिकेसन (१९९५)

नेपालमा पहिलो पटक इन्टरनेट सेवा सन् १९९५ मा मर्कन्टाइल कम्युनिकेसन प्रा.लि. द्वारा सार्वजनिक रूपमा सुरु गरियो। मर्कन्टाइलले सरकारबाट पहिलो ISP (Internet Service Provider) को अनुमति पाएर डायल-अप इन्टरनेट सेवा सुरु गर्‍यो, जसले नेपाली जनतालाई विश्वव्यापी जालसञ्जालसँग जोड्ने काम गर्‍यो।

सरकारी नीतिहरू र नियमन (१९९८–२००० दशक)

नेपाल सरकारले सूचना प्रविधिको महत्त्व बुझेपछि नेपाल दूरसञ्चार प्राधिकरण (NTA) सन् १९९८ मा स्थापना गर्‍यो। यसले इन्टरनेट सेवा प्रदायकहरूलाई नियमन गर्ने भूमिका खेल्यो। नेपाल टेलिकम (तत्कालीन नेपाल दूरसञ्चार संस्थान) ले पनि आफ्नो इन्टरनेट सेवा सुरु गर्‍यो, जसले प्रतिस्पर्धा र पहुँच बढायो।

सन् २००० को सूचना प्रविधि नीति ले निजी क्षेत्रलाई प्रोत्साहन, ई-गभर्नेन्स, र आईसीटी पूर्वाधार विस्तारमा मार्गदर्शन गर्‍यो।

ब्रॉडब्यान्ड र मोबाइल इन्टरनेटको युग (२०००–२०१० दशक)

२००० को दशकको मध्यतिर नेपालमा ADSL ब्रॉडब्यान्ड सेवा सुरु भयो, जुन नेपाल टेलिकमले सञ्चालन गर्‍यो। साथै, निजी क्षेत्रले WiMAX, केबल मोडेम र फाइबर अप्टिक प्रविधि ल्यायो।

मोबाइल इन्टरनेट भने डिजिटल विस्तारको ठूलो क्रान्ति बन्यो। नेपाल टेलिकमले GPRS सेवा सुरु गरेपछि ३जी (3G) सन् २००७ मा र ४जी (4G) सन् २०१७ मा सुरु गरियो। Ncell (पूर्व मेरो मोबाइल) ले ग्रामीण क्षेत्रसम्म मोबाइल इन्टरनेट पु-याएर ठूलो योगदान दियो।

फाइबर इन्टरनेट र डिजिटल रूपान्तरण (२०१५–हालसम्म)

हालका वर्षहरूमा फाइबर टु द होम (FTTH) सेवा तीव्र रूपमा फैलिएको छ। विशेषतः काठमाडौँ, पोखरा, चितवन, बुटवल लगायतका सहरहरूमा WorldLink, Vianet, Subisu, ClassicTech लगायत दर्जनौं ISP हरूले प्रतिस्पर्धा गर्दै गुणस्तरीय सेवा उपलब्ध गराइरहेका छन्।

२०२५ सम्ममा ६०% भन्दा बढी जनसंख्या इन्टरनेटमा पहुँच पुगेको अनुमान गरिएको छ, जसमा अधिकांश प्रयोगकर्ताहरू मोबाइल फोनमार्फत जडान छन्। COVID-19 महामारीले त यो प्रक्रिया झन् तीव्र बनायो, विद्यालय, कार्यालय, र सरकारी सेवा समेत अनलाइनमा निर्भर हुन थाले।